निर्वाचन आचारसंहिता, क–कसले पालना गर्नुपर्छ?

हिमाल प्रेस ४ माघ २०८२ २०:२७ | Sunday, January 18, 2026
20
SHARES
निर्वाचन आचारसंहिता, क–कसले पालना गर्नुपर्छ?

काठमाडौँ- आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार मध्यरातिदेखि निर्वाचन आचारसंहिता, २०८२ लागु हुँदैछ।

निर्वाचन आयोगको आइतबार बसेको बैठकले मध्यरातबाट आचारसंहिता लागु गर्ने निर्णय गरेको हो।

निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ मा आचारसंहिता लागु गर्ने व्यवस्था छ।

आयोगले जनाएअनुसार निर्वाचन आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र सो निकायका पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ संगठन, उम्मेदवार तथा सम्बन्धित व्यक्तिलगायतले आचारसंहिता पालना गर्नुपर्नेछ।

प्रकाशित: ४ माघ २०८२ २०:२७ | Sunday, January 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast