मधेशलाई साक्षर घोषणा गर्न शिक्षामन्त्रीले गुहारे एनजीओ, आईएनजीओ

हिमाल प्रेस २० पुष २०८२ १०:१३
12
SHARES
मधेशलाई साक्षर घोषणा गर्न शिक्षामन्त्रीले गुहारे एनजीओ, आईएनजीओ

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मधेश प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्न औपचारिक तथा अनौपचारिक सामुदायिक शिक्षाको क्षेत्रमा काम गर्ने एनजीओ तथा आईएनजीओहरूलाई प्रदेश सरकारसँग सहकार्य गर्न आग्रह गरेका छन्।

मन्त्री पुनले मधेश प्रदेशका आठवटै जिल्ला हालसम्म साक्षर घोषणा हुन नसकेको उल्लेख गर्दै साक्षरताको अभियानलाई तीव्र बनाउन सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताए।

उनले विशेषगरी सामुदायिक शिक्षामा काम गर्दै आएका संघसंस्था, प्रदेश सरकारको शिक्षा मन्त्रालय र स्थानीय तहबीच समन्वय बढाउनुपर्नेमा जोड दिए।

‘मधेश प्रदेशलाई साक्षर घोषणा गर्न एनजीओ, आईएनजीओ, प्रदेश सरकार र स्थानीय तहबीच प्रभावकारी सहकार्य आवश्यक छ,’ मन्त्री पुनले आज भने,‘यस अभियानमा शिक्षित युवाले पनि अग्रसर भूमिका खेल्नुपर्छ।’

उनका अनुसार साक्षरता केवल औपचारिक शिक्षामा सीमित विषय नभई सामाजिक रूपान्तरणको आधार भएकाले अनौपचारिक तथा आजीवन शिक्षाका कार्यक्रमलाई समेत प्राथमिकता दिनुपर्ने छ।

मन्त्री पुनले सबै सरोकारवालालाई साझा प्रयासमार्फत मधेश प्रदेशलाई साक्षर बनाउने अभियानमा जुट्न आह्वान गरे।

प्रकाशित: २० पुष २०८२ १०:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast