डा. सीके राउत नेतृत्वको जनमतले आगामी चैत २० मा महाधिवेशन गर्ने

हिमाल प्रेस ३ माघ २०८२ ६:४६ | Saturday, January 17, 2026
20
SHARES
डा. सीके राउत नेतृत्वको जनमतले आगामी चैत २० मा महाधिवेशन गर्ने जनमत पार्टीका अध्यक्ष डा. सीके राउत।

काठमाडौँ- डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आफ्नो दोस्रो महाधिवेशन आगामी चैत २० र २१ गते गर्ने निर्णय गरेको छ।

गत पुस २० गते बसेको पार्टीको केन्द्रीय समितिको बैठकले महाधिवेशनको मिति तय गर्नुका साथै विभिन्न उपसमितिहरू गठन गरेको हो।

पार्टीका अनुसार महाधिवेशनको स्थान भने पछि तय गरिनेछ। बैठकले बसन्त कुमार कुशवाहाको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरेको छ। नरेन्द्र प्रसाद चौधरीलाई महाधिवेशन निर्वाचन समितिको जिम्मेवारी दिइएको छ भने सञ्जय कुमार यादवलाई विधान समिति तथा राजनितिक प्रतिवेदन समितिको जिम्मेवारी दिइएको छ।

प्रकाशित: ३ माघ २०८२ ६:४६ | Saturday, January 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast