फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेसको विभाजन रोक्ने प्रयास बाबजुत सभापति शेरबहादुर देउवा र महामन्त्रीद्व गगन थापा र विश्वप्रकाश शर्माबीचको छलफल सकिएको छ।
देउवा निवास महाराजगन्जमा छलफलका लागि पुगेका महामन्त्रीहरू निवासबाट निस्किएका छन्। वार्तामा के छलफल भयो खुलाइएको छैन। गगन–विश्वको अगुवाइमा विशेष महाधिवेशन तोकेपछि संस्थापन मानिने देउवा पक्ष रुष्ट छ। यता विशेष महाधिवेशनको प्रक्रिया भने जारी छ।
संस्थापन नमानेको खण्डमा विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने तयारीमा छ। कांग्रेस अहिले फुटको दिशातर्फ अग्रसर छ।
प्रकाशित: ३० पुष २०८२ ९:५५ | Wednesday, January 14, 2026
प्रतिक्रिया





