आज पनि बढ्यो काठमाडौँको तापक्रम

हिमाल प्रेस ३ माघ २०८२ ६:३४ | Saturday, January 17, 2026
20
SHARES
आज पनि बढ्यो काठमाडौँको तापक्रम

काठमाडौँ- काठमाडौँको तापक्रम आज पनि बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ४.९ डिग्री सेल्सियस देखिएको हो।

हिजो यो समय काठमाडौँको न्यूनतम तापक्रम ४.४ थियो। तर पछि बिहान ८:४५ बजे घटेर ४ डिग्री सेल्सियस कायम भएको थियो। पुसमा ३ डिग्री सेल्सियसमा झरेको तापक्रम माघ लागेसँगै उकालो लागिरहेको छ।

प्रकाशित: ३ माघ २०८२ ६:३४ | Saturday, January 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast