क्यासिनोका ग्राहकले दुई लाखभन्दा बढी रकम खर्च गरे विवरण संकलन गर्नुपर्ने

हिमाल प्रेस २६ पुष २०८२ ६:३७ | Saturday, January 10, 2026
2
SHARE
क्यासिनोका ग्राहकले दुई लाखभन्दा बढी रकम खर्च गरे विवरण संकलन गर्नुपर्ने

काठमाडौँ- क्यासिनोमा आउने ग्राहकले दुई लाखभन्दा बढी रकम खर्च गरे उनीहरूको विवरण संकलन गरेर राख्नुपर्ने भएको छ।

पर्यटन विभागले क्यासिनो व्यवसायीलाई जारी गरेको निर्देशन, २०८२ लाई संशोधन गर्दै उक्त व्यवस्था गरिएको जनाएको छ । क्यासिनोमा हुने कारोबारलाई पारदर्शी र कानुनसम्मत बनाउने उद्देश्यका साथ उक्त व्यवस्था गरिएको विभागको प्रष्टोक्ति छ ।

सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी वितरणका सम्बन्धमा क्यासिनो व्यवसायीलाई जारी गरेको निर्देशन तुरुन्त लागू हुने विभागले उल्लेख गरेको छ । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४, पर्यटन ऐन, २०३५ ९संशोधनसहित० ले दिएको अधिकार प्रयोग गरी विभागले त्यस्तो निर्देशन गरिएको उल्लेख गरेको छ । रासस

प्रकाशित: २६ पुष २०८२ ६:३७ | Saturday, January 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast