वाणिज्य विभागले कार्टस इन्टरप्राइजेजलाई तिरायो ५० हजार जरिवाना

हिमाल प्रेस १२ माघ २०८२ ९:३०
4
SHARES
वाणिज्य विभागले कार्टस इन्टरप्राइजेजलाई तिरायो ५० हजार जरिवाना

काठमाडौँ- नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कार्टस इन्टरप्राइजेज प्रालिलाई ५० हजार जरिवाना गरेको छ ।

अनुमगनका क्रममा कैफियत भेटिएपछि विभागले सो फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरेको हो । विभागले काठमाडौँका विभिन्न १७ वटा फर्ममा अनुगमन गरेको थियो ।

अन्य १६ वटालाई भने सुधारात्मक निर्देशन दिएको छ । लगातार बजार अनुगमन गर्दै सुधारात्मक अभियान चलाइरहेको विभागले स्थानीय प्रशासन, सरोकारवाला निकाय र उपभोक्ता अधिकारकर्मीको समेत साथ लिने गरेको छ ।

प्रकाशित: १२ माघ २०८२ ९:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast