भदौ २३-२४ को घटनापछि लोकतन्त्र मासियो : ओली

हिमाल प्रेस २ माघ २०८२ १८:१८ | Friday, January 16, 2026
8
SHARES
भदौ २३-२४ को घटनापछि लोकतन्त्र मासियो : ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशलाई लोकतन्त्रिक मूल्यमान्यतामा अघि बढाउनुपर्ने बताएका छन्।

बिहीबार काठमाडौँमा राजधानी विशेष कमिटीको घोषणा गर्दै अध्यक्ष ओलीले भदौ २३ र २४ को घटनापछि मुलुकमा लोकतन्त्र मासिएको भन्दै यसलाई पुनर्वहाली गर्दै देशलाई लोकतन्त्रिक मूल्यामान्यतामा अघि बढाउनुपर्ने बताएका हुन्।

उनले ठूला त्याग गरेर ल्याएको लोकतन्त्रलाई जलाएर आफैँ नायक हुँ भन्दै केही मान्छे बाहिर निस्केको जिकिर गरे। अहिलेको अवस्थामा एकजुट भएर पार्टीलाई अघि बढाउनुपर्नेमा उनले जोड दिए।

ओलीले अहिले एमालेको प्रतिस्पर्धी कोही नरहेको भन्दै निर्वाचनमा एमालेले नजित्ने ठाउँ कहीँ नरहेको धारणा राखे। देश बनाउने क्षमता भएको पार्टी एमाले बाहेक अरू कोही नरहेको उनले बताए। उनले देशमा शासन गर्नेहरूले तमाशा गरेको भन्दै त्यसले भविष्यलाई समेत असर गर्ने जिकिर गरे।

अध्यक्ष ओलीले अहिले जनताले राज्य भएको अनुभूति गर्न नसकेको समेत बताए। एमालेको संशोधित विधानअनुसार गठित राजधानी विशेष कमिटीको घोषणा गरिएको हो।

प्रकाशित: २ माघ २०८२ १८:१८ | Friday, January 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast