विद्यालय सहायकमाथि दबाब र ज्यादतीको निष्पक्ष छानबिन माग

हिमाल प्रेस २१ पुष २०८२ ९:४४
50
SHARES
विद्यालय सहायकमाथि दबाब र ज्यादतीको निष्पक्ष छानबिन माग

काठमाडौँ- कास्कीस्थित शुक्रराज बलभद्र माध्यमिक विद्यालयमा कार्यरत विद्यालय सहायक (लेखापाल) सरिता रेग्मीमाथि विद्यालय अध्यक्ष र पूर्वप्रधानाध्यापकबाट अत्यधिक दबाब तथा ज्यादती भएको घटनाको नेपाल विद्यालय कर्मचारी परिषद्ले कडा निन्दा गरेको छ।

नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिकी पूर्व महिला उपाध्यक्ष तथा महिला विभाग प्रमुखसमेत रहेकी रेग्मीले नियमित रूपमा कर्तव्यनिष्ठ भई कार्य सम्पादन गर्ने क्रममा पुस १९ गते उक्त घटना भएको परिषद्को दाबी छ।

घटनाका सम्बन्धमा परिषद्का अध्यक्ष गंगाराम तिवारीले विद्यालयका प्रधानाध्यापक भोला पोख्रेलसँग फोन सम्पर्क गर्दा प्रेस विज्ञप्तिमा उल्लेख गरिएका विषयहरू यथार्थसँग मिल्दोजुल्दो रहेको जानकारी प्राप्त भएको परिषद्ले जनाएको छ। पोख्रेल नेपाल शिक्षक महासंघ कास्कीका अध्यक्षसमेत हुन्।

परिषद्ले घटनाको सत्यतथ्य पत्ता लगाउन जिल्ला कार्यसमिति कास्कीलाई निर्देशन दिइसकेको र निष्पक्ष छानबिनका लागि सम्बन्धित सरोकारवाला निकायसँग जोडदार माग गरेको जनाएको छ। साथै, विद्यालयका अध्यक्ष र प्रधानाध्यापकलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बाहेक अन्य विकल्प नरहेको परिषद्को ठहर छ।

परिषद्का अनुसार सरिता रेग्मीले केही महिना अघिदेखि नै कार्यस्थलमा असह्य दबाब झेल्न नसकिने निष्कर्षसहित जागिर छोड्ने विषयमा परिषद्का अध्यक्ष र महासचिवलाई फोनमार्फत जानकारी गराइसकेकी थिइन्।

आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सबै विद्यालय कर्मचारीलाई आआफ्नो स्थानबाट एकताबद्ध भई अधिकारको संरक्षणमा लाग्न परिषद्ले आह्वान गरेको छ।

यो पनि

लेखापालमाथि विद्यालयको हर्कत!

मनपरी शुल्क, कमजोर नतिजा र राजनीतिक हस्तक्षेपको घेरामा शुक्रराज बलभद्र मावि

प्रकाशित: २१ पुष २०८२ ९:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast