खगेन्द्र सुनारलाई कारबाहीको माग

हिमाल प्रेस १५ माघ २०८२ ७:२७ | Thursday, January 29, 2026
10
SHARES
खगेन्द्र सुनारलाई कारबाहीको माग

काठमाडौँ- नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्नरप्रतीक र राष्ट्रिय जनावरको अपमान गरी बाँके क्षेत्र नं ३ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खगेन्द्र सुनारले अभिव्यक्ति दिएको आरोप लगाउँदै त्यसको छानबिन गरी कानुनी कारबाही गर्न निर्वाचन आयोगसँग माग गरिएको छ ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई बुधबार ज्ञापनपत्र बुझाउँदै हिन्दू जागरण नेपालले समाज भड्काउने काम गरको भन्दै छानबिन गरी कानुनी कारबाहीको माग गरेको हो ।

सुनारले राजनीतिक लाभका लागि राष्ट्रियतासँग जोडिएका विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै हिन्दू जागरण नेपालले सुनारको उम्मेदवारी खारेजीको माग गरेको हो। सुनारले राजनीतिक लाभका लागि आम मानिसमा भ्रम फैल्याउने, सामाजिक सद्भावमा असर पुर्‍याउने तथा राष्ट्रको गरिमा कमजोर बनाउने काम गरेकाले त्यसको छानबिन गरिनुपर्नेमा ज्ञापनपत्रमा जोड दिइएको छ ।

यस्ता अभिव्यक्तिले निष्पक्ष र शान्तिपूर्ण रूपामा निर्वाचनका प्रक्रिया अघि बढाउन नकारात्मक प्रभाव पार्ने भएकाले समयमै यस्ता गतिविधि रोकिनुपर्ने हिन्दू जागरण नेपालको माग छ । छानबिन गरी प्रचलित कानुन र निर्वाचन आचारसंहिताअनुसार सुनारलाई कारबाही गर्न माग गरिएको छ ।

प्रकाशित: १५ माघ २०८२ ७:२७ | Thursday, January 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast