भेनेजुएलाको राष्ट्रपतिको जिम्मेवारी डेल्सी रोड्रिगेजलाई

हिमाल प्रेस २० पुष २०८२ १०:५४
16
SHARES
भेनेजुएलाको राष्ट्रपतिको जिम्मेवारी डेल्सी रोड्रिगेजलाई

काठमाडौँ- भेनेजुएलाको राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले सम्हालेकी छन्।

राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले नियन्त्रणमा लिएर न्यूयोर्कको हिरासतमा राखेपछि उपराष्ट्रपति रोड्रिगेजले कार्यकारी राष्ट्रपतिको जिम्मेवारी सम्हालेको बीबीसीले जनाएको छ। भेनेजुएलाको सर्वोच्च अदालतले प्रशासनिक निरन्तरता कायम राख्न र देशको सुरक्षा सुनिश्चित गर्न रोड्रिगेजलाई कार्यकारी राष्ट्रपतिको जिम्मेवारी दिनु आवश्यक भएको जनाएको थियो।

भेनेजुएलाको राष्ट्रपति र उनकी पत्नीलाई सुतेकै ठाउँबाट अमेरिकी सेनाले नियन्त्रणमा लिएको थियो। उनीहरूलाई कब्जा लिएपछि सेनाले आँखामा पट्टी र हातमा हत्कडी लगाएर अमेरिका पुर्‍याएको थियो।

आफूहरूले भेनेजुएलाको राष्ट्रपति पक्राउ गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सन्जालमार्फत जानकारी गराएका थिए। उनले नियन्त्रण लिन सफल भएकोमा सेनाको प्रशंसा पनि गरे। अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिमाथि अमेरिकामा लागुऔषध ओसारप्रसार गरेको आरोप लगाएको छ।

प्रकाशित: २० पुष २०८२ १०:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast