डायुन ईभी अब मात्र ३ लाख ९९ हजार ‘डाउन पेमेन्ट’मा

हिमाल प्रेस २ माघ २०८२ १८:२८ | Friday, January 16, 2026
2
SHARE
डायुन ईभी अब मात्र ३ लाख ९९ हजार ‘डाउन पेमेन्ट’मा

काठामाडौँ- नेपालका लागि डायुन ईभीको आधिकारिक वितरक सीजी मोटर्सले नेपाली ग्राहकहरूका लागि आकर्षक र सीमित अवधिको योजना सार्वजनिक गरेको छ।

यस योजनाअन्तर्गत अब ग्राहकले मात्र ३ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टमा डायुन ईभी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ। दिगो, किफायती र वातावरणमैत्री यातायातलाई आम नेपालीको पहुँचमा पु¥याउने लक्ष्यका साथ यो अफर ल्याइएको कम्पनीको भनाइ छ।

२०१ मीमी ग्राउन्ड क्लियरेन्स रहेको यो गाडी एकपटकको फुल चार्जमा तीन सय किलोमिटर यात्रा तय गर्न सक्ने कम्पनीले जनाएको छ। त्यस्तै यसमा जडान गरिएको ‘फुल इन्डिपेन्डन्ट सस्पेन्सन’ प्रणालीले कच्ची र चुनौतीपूर्ण सडकहरूमा पनि स्थिरता र आराम प्रदान गर्ने कम्पनीको भनाइ छ।

सीजी मोटर्सले डाउन पेमेन्टमा सहुलियत दिनुका साथै ग्राहकका लागि विशेष प्याकेज पनि ल्याएको छ। जसअनुसार आकर्षक एक्सचेन्ज बोनस र नगद छुट, निःशुलक एक्सेसरिज र ३.३ किलोवाट क्षमताको होम चार्जर, एक वर्षको सडक कर र अटो प्लस बीमा कभरेज रहेका छन्।

प्रकाशित: २ माघ २०८२ १८:२८ | Friday, January 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast