करण केसी र वर्षा बस्नेत। तस्बिर : सामाजिक सन्जाल
काठमाडौँ- नेपाली राष्ट्रिय टोलीका बलर करण केसीले पत्रकार वर्षा बस्नेतसँग इन्गेजमेन्ट गरेको सार्वजनिक गरेका छन्।लामो समयदेखि दुवै जना प्रेम सम्बन्धमा रहे पनि औपचारिक रूपमा भने दुवैले बोलेका थिएनन्।
नयाँ वर्षको दिन बस्नेतले औठी लगाएको तस्बिर सार्वजनिक गरे पनि थप केही खुलाएकी थिइनन्। शुक्रबार करण केसीले भने वर्षासँग इन्गेजमेन्ट गरेको भन्दै दुवै जनाले औठी लगाएको तस्बिर सर्वजनिक गरेका छन्।
प्रकाशित: १९ पुष २०८२ ९:०६ | Saturday, January 3, 2026
प्रतिक्रिया





