काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंसँग नेपालका लागि जापानका राजदूत माएदा तोरूले शिष्टाचार भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित भौतिक मन्त्रालयमा आज (शुक्रबार) भएको उक्त भेटवार्तामा मन्त्री चौलागाईं र राजदूत तोरूबीच द्विपक्षीय आपसी हितका विषयमा कुराकानी भएको मन्त्री चौलागाईंको सचिवालयले जनाएको छ।
भेटका क्रममा नेपाल-जापान द्विपक्षीय सम्बन्ध तथा कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव तथा आगामी सहकार्य विस्तारका विषयमा कुराकानी भएको थियो।
प्रकाशित: २ माघ २०८२ १६:१३
प्रतिक्रिया



