राप्रपामा बढेको बढ्यै विवाद : पार्टी कार्यालयमा अनसन बसेकी नानीमैयालाई जबरजस्ती निकालिएको आरोप

हिमाल प्रेस २९ पुष २०८२ ७:०५ | Tuesday, January 13, 2026
38
SHARES
राप्रपामा बढेको बढ्यै विवाद : पार्टी कार्यालयमा अनसन बसेकी नानीमैयालाई जबरजस्ती निकालिएको आरोप

काठमाडौँ- विभिन्न माग राखेर पार्टी कार्यालयभित्रै अनसन बसिरहेकी राप्रपा केन्द्रीय सदस्य नानीमैया दाहाललाई जबरजस्ती निकालिएपछि राप्रपामा विवाद उत्कर्षमा पुगेको छ।

समानुपातिक सूची सच्याउन माग गर्दै दाहालसहितका नेत्रृहरू केहीदिनदेखि पार्टी कार्यालय धुम्बाराहीमा अनसनरत छन्। उनीहरूले आफूहरूमाथि केही महिलाले दुव्र्यवहार गरेको र पार्टी नेतृत्वले आफ्नो कुरा नसुनेको बताएका छन्। उनीहरूका अनुसार अनसन बसेका बेला हातपात र लछारपछार गर्दै बाहिर निकालिएको थियो।

ती नेतृका अनुसार अहिले नानीमैयालाई ओम अस्पतालमा भर्ना गरिएको छ। पार्टी कार्यालयमा खटिएका प्रहरीले उनलाई अस्पताल पुर्‍याउन सघाएका थिए । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेसम्म अनशनरत नेतृसँग संवादसमेत नगरेर कठोरता देखाइरहेको एक केन्द्रीय सदस्यले बताए।

राप्रपा संस्थापन पक्षले भने पार्टीको बैठक बसेर समानुपातिक उम्मेदवार चयन गरिएको हुँदा विरोधको औचित्य नरहेको बताउँदै आएको छ ।

प्रकाशित: २९ पुष २०८२ ७:०५ | Tuesday, January 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast