दाहालको शोकमा कांग्रेसले ३ दिन झन्डा आधा झुकाउने, भोलि पार्टीका सबै कार्यालय बन्द गर्ने

हिमाल प्रेस २६ पुष २०८२ १२:१२
66
SHARES
दाहालको शोकमा कांग्रेसले ३ दिन झन्डा आधा झुकाउने, भोलि पार्टीका सबै कार्यालय बन्द गर्ने

काठमाडौँ- नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री होमनाथ दाहालको निधनमा भोलि (पुस २७ गते) पार्टीका सबै तहका कार्यालय बन्द गर्ने भएको छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले त्यस्तो निर्णय गरेको हो।

बैठकले पुस २६, २७ र २८ गते पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यकालहरूमा झन्डा आधा झुकाउने निर्णय गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

दाहालको स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३ औँ दिनमा सम्बन्धित जिल्ला ओखलढुंगामा शोकसभाको आयोजना गर्ने निर्णय पनि बैठकले गरेको विज्ञप्तिमा उल्लेख छ ।

८४ वर्षीय दाहालको शुक्रबारका काठमाडौँको मैतिदेवीस्थित निवासमा निधन भएको थियो। दाहाल विसं २०५६ को आम निर्वाचनमा ओखलढुंगा जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए । उनले कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी पनि सम्हालेका थिए।

प्रकाशित: २६ पुष २०८२ १२:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast