सहमतिमै कांग्रेसको विशेष महाधिवेशन हुनुपर्छ : कोइराला

हिमाल प्रेस २२ पुष २०८२ १२:४७
30
SHARES
सहमतिमै कांग्रेसको विशेष महाधिवेशन हुनुपर्छ : कोइराला नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विशेष महाधिवेशन सहमतिका आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नुपर्ने बताएका छन्। सोमबार ३० भन्दा बढी केन्द्रीय सदस्यहरूसँग भएको छलफलमा उनले यस्तो धारणा राखेका हुन्।

कोइरालाका अनुसार अहिलेको प्राथमिकता राष्ट्रियसभा र प्रतिनिधिसभाका उम्मेदवार टुंग्याउनु हो। त्यसपछि माघ ६ गतेपछि विशेष महाधिवेशन पक्षधरसँग छलफल गर्दै केन्द्रीय समितिले नै महाधिवेशन बोलाए पार्टीभित्र एकताको सन्देश जाने उनको भनाइ छ।

उनले कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन गर्न नहुने बताए। गठबन्धनबाट प्रत्यक्षतर्फ दुई चार सिट बढी आए पनि समानुपातिकतर्फ मत घट्ने र यसले पार्टीलाई दीर्घकालीन रूपमा नोक्सान पुर्‍याउने कोइरालाको तर्क छ।

छलफलमा सहभागी अधिकांश केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशनलाई चुनावी घोषणासभाको रूपमा रूपान्तरण गर्दै निर्वाचनतर्फ जानुपर्नेमा जोड दिएका थिए।सो छलफलमा केन्द्रीय सदस्यहरू चिनकाजी श्रेष्ठ, डा.डिला संग्राैलालगायत नेताहरूको उपस्थिति थियो।

प्रकाशित: २२ पुष २०८२ १२:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast