कांग्रेस बैठक : वैशाखमा महाधिवेशन गर्ने निर्णय अनुमोदन

हिमाल प्रेस ३० पुष २०८२ १५:५० | Wednesday, January 14, 2026
कांग्रेस बैठक : वैशाखमा महाधिवेशन गर्ने निर्णय अनुमोदन

काठमाडौँ- नेपाली कांग्रेसले आगामी वैशाखमा महाधिवेशन गर्ने निर्णय अनुमोदन गरेको छ।

बुधबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले वैशाखमा १५ औँ महाधिवेशन गर्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठक अनुमोदन गरेको हो।

पुस १८ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वैशाख २८ देखि ३१ गतेसम्म पार्टीको नियमित महाधिवेशन गर्ने निर्णय गरेको थियो।

विशेष महाधिवेशनमार्फत महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले निर्वाचनको तयारी गरिरहँदा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो।

विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व चयन गर्न निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। निर्वाचन कार्यतालिकाअनुसार बुधबार राति ९ बजेदेखि मतदान हुनेछ।

यसअधि केन्द्रीय कार्यसमिति बैठकमा ब्रिफिङ गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीहरूका अडानका कारण पार्टी फुट नजिक पुगेको बताए। महामन्त्रीहरूले धोका दिएको उनको भनाइ थियो।

‘महामन्त्रीहरूले धोका दिनुभयो। पुसको कार्यतालिका सल्लाहमै ल्याएको हो,’ उनको भनाइ उद्धृत गर्दै एक नेताले भने,‘काम गर्दागर्दै भ्याइएन, पार्टीलाई फुटतिर लग्नुभयो।’

प्रकाशित: ३० पुष २०८२ १५:५० | Wednesday, January 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast