पार्टीमा एकता र सद्भाव कायम राख्न कांग्रेस (गगन पक्ष) को आग्रह

हिमाल प्रेस ३ माघ २०८२ १४:३९ | Saturday, January 17, 2026
24
SHARES
पार्टीमा एकता र सद्भाव कायम राख्न कांग्रेस (गगन पक्ष) को आग्रह

काठमाडौँ- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टीमा एकता र सद्भाव कायम राख्दै नयाँ उचाइमा पुर्‍याउन देशभरका नेता तथा कार्यकर्तालाई अपिल गर्ने निर्णय गरेको छ।

शनिबार काठमाडौँको नयाँ बानेश्वरस्थित उक बैन्क्वेटमा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीभित्रको एकता, आपसी सद्भाव र सहकार्यबाटै निर्वाचन लगायतका चुनौतिहरु सामना गर्न सकिने भन्दै पार्टीमा एकता र सद्भाव कायम राख्दै नयाँ उचाइमा पु¥याउन देशभरका नेता तथा कार्यकर्तालाई अपील गर्ने निर्णय गरेको प्रवक्ता प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

बैठकले निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीलाई पु¥याएको योगदान र दिएको नेतृत्वको उच्च मूल्याकंन गर्दै आभार व्यक्त गर्ने निर्णय गरेको उनले बताए। आगामी दिनमा पनि पार्टीमा निवर्तमान सभापति देउवालगायत अग्रज नेताहरुको अभिभावकत्व रहिरहने बैठकको विश्वास रहेको प्रवक्ता चालिसेले बताए।

त्यस्तै बैठकले अहिलेको अवस्थामा पार्टीलाई बलियो बनाउन निवर्तमान केन्द्रीय कार्यसमिति र अग्रज नेताहरुले आफ्नो तर्फबाट महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेको प्रवक्ता चालिसेले जानकारी दिए।

उनले अब पार्टी सम्पूर्ण रुपमा निर्वाचन केन्द्रित गतिविधिमा केन्द्रित हुने भन्दै टिकट वितरणका लागि संसदीय बोर्डमार्फत काम अघि बढाउने उल्लेख गरे। चालिसेले पार्टीको विधान र संविधानअनुसार नै पार्टीले आधिकारिता प्राप्त गरेकाले भिन्न मत राख्न जरुरी नरहेको बताए।

प्रकाशित: ३ माघ २०८२ १४:३९ | Saturday, January 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast