महाधिवेशन विवादमा रुमलियो कांग्रेस, चुनावी अभियानमा एमाले

हिमाल प्रेस ३० पुष २०८२ १३:५४ | Wednesday, January 14, 2026
14
SHARES
महाधिवेशन विवादमा रुमलियो कांग्रेस, चुनावी अभियानमा एमाले

काठमाडौँ- विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस यति बेला महाधिवेशनको विवादमा रुमलिएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन गर्न थालेपछि पार्टी नै दुई भागमा विभक्त छ। भृकुटीमण्डपमा विशेष महाधिवेशन पक्षधरले महाधिवेशन प्रतिनिधिको जमघट गर्दा पार्टी मुख्यालय सानेपामा पार्टी संस्थापन पक्ष जुटेको छ।

पार्टी सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनप्रति अनुदार छन्। यही कारण कांग्रेस विभाजन हुने सम्मका अनुमान भइरहेका छन्। फागुन २१ मा सरकारले तोकेको प्रतिनिधिसभामा जानुपर्ने कांग्रेस महाधिवेशनकै बीचमा विवाद छ। आगामी दिनमा कांग्रेस सग्लो रहनेनरहने भन्ने प्रश्न सोझिएको छ।

कांग्रेसका दुवै पक्ष फुटतर्फ अघि बढेको बताइरहेका छन्। यता प्रतिनिधिसभाकै दोस्रो ठूलो दल नेकपा एमाले भने काठमाडौँबाट चुनावी अभियान सुरु गर्दैछ। एमालेको बागमती प्रदेश कमिटीले आगामी माघ ४ गते काठमाडौँमा जनप्रदर्शनसहित विशेष चुनावी अभियानको थालनी गर्न लागेको सो पार्टीका सचिव एवं प्रदेशका इञ्चार्ज महेश बस्नेतले जानकारी दिए।

एमालेको संशोसधत विधानअनुसार गठित राजधानी विशेष कमिटीको घोषणा र चुनावी अभियान आगामी माघ २ गते काठमाडौँमा हुने पार्टीका सचिव एवं राजधानी विशेष कमिटीका इञ्चार्ज डा राजन भट्टराईले बताए।

एमालेको यही पुस २६ गते बसेको केन्द्रीय कमिटीको बैठकले आगामी फागुन २१ गते हुने तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशव्यापी रूपमा अभियान सुरु गर्ने निर्णय गरेको थियो ।

प्रकाशित: ३० पुष २०८२ १३:५४ | Wednesday, January 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast