नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा
काठमाडौँ- विशेष महाधिवेशनपक्षधरसँग छलफल गर्न सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूह र नेता डा. शेखर कोइराला नेतृत्वको इतर समूहका तर्फबाट वार्ता समिति बनाइएको छ।
वार्ता समितिमा बालकृष्ण खाण, रमेश लेखक, सहमहामन्त्री जीवन परियार र नेता डा. मिनेन्द्र रिजाल रहेका छन्। विशेष महाधिवेशन पक्षधरले सोमबार साँझ ४ सदस्य वार्ता समिति बनाएको थियो। केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र मधु आचार्य तथा २४८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गर्ने कार्यको नेतृत्व गरेका नेता गुरुराज घिमिरे र देवराज चालिसे वार्ता समितिमा छन्।
दुई वार्ता समितिबीच अहिले केहीबेरमा वार्ता हुने नेताहरूले बताएका छन्। विवादकै बीच नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पनि आज बस्ने भएको छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी कार्यसमिति बैठक बोलाइएको हो।



