कांग्रेस केन्द्रीय समिति बैठक विशेष महाधिवेशन पक्षले बहिष्कार गर्ने

हिमाल प्रेस २९ पुष २०८२ ७:५५
14
SHARES
कांग्रेस केन्द्रीय समिति बैठक विशेष महाधिवेशन पक्षले बहिष्कार गर्ने

काठमाडौँ- नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष महाधिवेशन पक्षधर केन्द्रीय सहभागी नहुने भएको छ ।

मंगलबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने बैठकलाई विशेष महाधिवेशन पक्षधरले बहिष्कार गर्ने निर्णय लिएको हो ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यका साथै सातै प्रदेशका सभापतिको अनिवार्य उपस्थित हुन भनेका छन्।

कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी छ। यही सन्दर्भमा आकस्मिकरुपमा केन्द्रीय बोलाइएको कार्यसमितिको बैठकमा विधान महाधिवेशन पक्षधर सहभागी नहुने भएको हो । यसैबीच दुवै पक्षबीच वार्ता पनि अघि बढेको छ । वार्ता समिति बने पनि समय र स्थानबारे अझै अन्योल छ

प्रकाशित: २९ पुष २०८२ ७:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast