कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

हिमाल प्रेस २८ पुष २०८२ १९:२८ | Monday, January 12, 2026
40
SHARES
कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। मंगलबार केन्द्रीय पार्टी कार्यालयमा बिहान ११ बजे बस्नेगरी कांग्रेसले बैठक बोलाएको हो।

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार बिहान ११ बजे बैठक बोलाइएको जानकारी दिए।

उनले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेशका सभापतिहरूलाई उपस्थित हुन भनिएको बताए।

महामन्त्रीलगायतका नेताहरू विशेष महाधिवेशनमा जुटेको बेला कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो। महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरूको अगुवाइमा विशेष महाधिवेशनको बन्दसत्र सुरू भएको छ।

बन्दसत्रबाट नयाँ नेतृत्व चयन गर्ने तयारी विशेष महाधिवेशन पक्षधरले गरेको छ।

प्रकाशित: २८ पुष २०८२ १९:२८ | Monday, January 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast