रास्वपाका सुनसरी-२ उम्मेदवार थापाविरुद्ध उजुरी

हिमाल प्रेस ७ माघ २०८२ १७:५३
54
SHARES
रास्वपाका सुनसरी-२ उम्मेदवार थापाविरुद्ध उजुरी

इटहरी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सुनसरी क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका लालविक्रम थापाविरुद्ध उजुरी दर्ता भएको छ।

मंगलबार मनोनयन दर्ता गरेका थापाविरुद्ध बुधबार निर्वाचन आयोगको कार्यालयमा उजुरी परेको हो। प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार सत्यनारायण पण्डितले निर्वाचन अधिकृतको कार्यालय इनरुवामा उजुरी दिएका हुन्।

उजुरीमा थापाले इटहरी-९ स्थित जनता माध्यमिक विद्यालयलाई ७४ लाख रुपैयाँभन्दा बढी रकम तिर्न बाँकी रहेको तथा लेखापरीक्षणले समेत बक्यौता कायम गरेको उल्लेख गरिएको छ। सोही आधारमा उम्मेदवारको योग्यता र कानुनी हैसियतबारे जाँचबुझ गर्न माग गरिएको छ।

थापा यसअघिको निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेदवार रहेका थिए। निर्वाचन तालिकाअनुसार उजुरीउपर जाँचबुझपछि माघ ८ गते साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।

माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्।

प्रकाशित: ७ माघ २०८२ १७:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast