पूर्वन्यायाधीश शर्माको नेतृत्वमा सहकारीका बेथितिसम्बन्धी जाँचबुझ आयोग

हिमाल प्रेस २ माघ २०८२ २०:२१ | Friday, January 16, 2026
20
SHARES
पूर्वन्यायाधीश शर्माको नेतृत्वमा सहकारीका बेथितिसम्बन्धी जाँचबुझ आयोग

काठमाडौँ- सरकारले फागुन २१ गते तोकिएको निर्वाचन तलमाथि नहुने स्पष्ट पारेको छ।

सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता जगदिश खरेलले तोकिएको समयमा नै निर्वाचन गर्ने तयारीमा सरकार रहेको भन्दै फागुन २१ को निर्वाचन तलमाथि नहुने स्पष्ट पारेका हुन्।

उनले मन्त्रिपरिषद्ले सहकारीमा भएको बेथिति सम्बन्धी जाँचबुझका लागि पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको नेतृत्वमा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको जानकारी दिए।

बैठकले नेपालमा बाघ तथा मानवसम्बन्ध व्यवस्थापन परियोजनाका लागि विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु कोषमार्फत प्राप्त हुने ३६ लाख २१ हजार ९८३ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको उनले बताए।

त्यस्तै बैठकले प्रावधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को उपाध्यक्ष पदमा महम्मद सफिउल्लाह (रौतहट)लाई मनोनयन गर्ने निर्णय गरेको छ।

प्रकाशित: २ माघ २०८२ २०:२१ | Friday, January 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast