शोभित बस्नेतकाे सहकार्यमा ‘अस्ट्रेलिया टुर’ गर्दै कमेडी दरबार टिम

हिमाल प्रेस १८ पुष २०८२ १०:५८ | Friday, January 2, 2026
18
SHARES
शोभित बस्नेतकाे सहकार्यमा ‘अस्ट्रेलिया टुर’ गर्दै कमेडी दरबार टिम

काठमाडौँ- फिल्म निर्देशक तथा निर्माता शोभित बस्नेतकाे सहकार्यमा ‘कमेडी दरबार’ को सम्पूर्ण टिमले अस्ट्रेलिया टुर गर्ने भएका छन्। टुरका लागि निर्देशक बस्नेत र कमेडी दरबारका विक्की अग्रवालले कागजी सम्झौता गरेका हुन्।

निर्देशक बस्नेतले टेलिभिजन सो कमेडी दरबारका टिमसँग अष्ट्रेलिया टुरका लागि कागजी सम्झौता गरेको बताए। उनले भने,‘अष्ट्रेलियामा रहेका नेपालीहरुलाई मनोरञ्जन गराउने उदेश्यले अस्ट्रेलिया टुर गर्न लागेका हौँ।। हामीले कार्यक्रमको तयारी गरिसकेका छौँ।’

उनका अनुसार टुरमा ‘कमेडी दरबार’का अधिकांश कलाकार सहभागी हुनेछन्। आगामी फेब्रुअरीदेखि सुरु हुने टुर करिब एक महिनासम्म सञ्चालन हुनेछ। कार्यक्रम टुर सिड्नी, मेलबर्न, ब्रिसबेन, पर्थ, एडिलेड, डार्बिन, न्युक्यासललगायत करिब ८ वटा सहरमा आयोजना गरिने निर्देशक बस्नेतले बताए।

पाल्पा इन्टरटेनमेन्ट प्रस्तुतकर्ता रहेको टुर आयोजक रूपमा पाल्पा र थ्रीकेजी इभेन्ट रहेको छ।

प्रकाशित: १८ पुष २०८२ १०:५८ | Friday, January 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast