कांग्रेसको विशेष महाधिवेशनको आज बन्दसत्र : के गगन सभापति बन्लान्?

हिमाल प्रेस २८ पुष २०८२ ६:४१ | Monday, January 12, 2026
30
SHARES
कांग्रेसको विशेष महाधिवेशनको आज बन्दसत्र : के गगन सभापति बन्लान्? सभापति गगन थापा। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबारदेखि जारी छ। नेताहरूका अनुसार आजदेखि बन्दसत्रका कार्यक्रम सुरु हुनेछन्।

विशेष महाधिवेशन व्यवस्थापन उपसमितिका प्रचारप्रसार संयोजक सुवास पोखरेलका अनुसार आज बिहान ८ बजेदेखि १० बजेसम्म प्रतिनिधिको नाम दर्ता र खाजाको समय छुट्याएर १० बजे बन्दसत्र थालिने भएको हो। आइतबार बेलुकीसम्म नाम दर्ता गराएका महाधिवेशन प्रतिनिधिको एकिन संख्या पनि आजै सार्वजनिक गरिने उनले बताए।

नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटनसत्रले पार्टीभित्र परिवर्तनको स्पष्ट संकेत गरेको छ। काठमाडौंस्थित भृकुटीमण्डमा आयोजित विशेष महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधिको सहभागिताले कांग्रेसको ग्रासरुटमा रहेको विद्रोह विस्फोट देखिन्छ।

संस्थापक्ष पक्षको असहमतिका बाबजुद कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि कांग्रेसको दोस्रो विशेष महाधिवेशन भइरहेको हो। जहाँ बहुमत प्रतिनिधि सहभागी भइरहेका छन्। विशेष महाधिवेशनबाट नीति र नेतृत्व परिवर्तन गरेर जान प्रतिनिधिले दबाब दिएका छन्। विशेष महाधिवेशनमा कांग्रेस संस्थापन शेरबहादुर देउवा र उनी निकटस्थ नेता नेता भने सामेल छैनन्।

नेताहरूका अनुसार विशेष महाधिवेशनबाट थापालाई सभापति बनाएर जानुपर्ने दबाब छ। तर पार्टी विभाजन हुने भएकाले नेतृत्व परिर्वतन गर्ने–नगर्ने भन्ने अन्योल छ। आइतबार मात्रै कांग्रेस नेता डा. शेखर कोइरालाले पनि पार्टी विभाजन हुन नदिने बताएका थिए। देउवा निकटस्थ नेताहरू पनि गगन–विश्वमाथि पार्टी विभाजनको आरोप लगाइरहेका छन्।

प्रकाशित: २८ पुष २०८२ ६:४१ | Monday, January 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast