सामाजिक सञ्जालमा धेरै गाली आएपछि चन्द्र भण्डारी भन्छन्- चित्त दुख्छ

हिमाल प्रेस १ माघ २०८२ १२:११ | Thursday, January 15, 2026
104
SHARES
सामाजिक सञ्जालमा धेरै गाली आएपछि चन्द्र भण्डारी भन्छन्- चित्त दुख्छ

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले सामाजिक सञ्जालमा आफूलाई लक्षित गर्दै आउने गालीगलौजले चित्त दुख्ने बताएका छन्। सामाजिक सञ्जालमा अभिव्यक्त हुने असहमति र आलोचना स्वाभाविक भए पनि गालीको संस्कृतिले समाज र लोकतन्त्र दुवैलाई कमजोर बनाउने उनको भनाइ छ।

डा.भण्डारीले जिउँदो मानिसले जीवनमा प्रशंसा र आलोचना दुवै भोग्नुपर्ने बताए। गाली र अपमानले न व्यक्ति सुध्रिने न संस्थागत संस्कार विकास हुने उनको भनाइ छ।

उनले लोकतन्त्रको सुन्दरता फरक मत राख्ने अधिकार मात्र नभई त्यसको सुरक्षाको ग्यारेन्टीसमेत हुनु रहेको उल्लेख गरे। विचारको प्रतिस्पर्धा स्वस्थ भए पनि व्यक्तिगत गाली र आक्षेपले समाजलाई नकारात्मक दिशातर्फ लैजाने चेतावनी दिए।

डा.भण्डारीले सामाजिक सञ्जाल प्रयोगकर्तालाई जिम्मेवार बन्न आग्रह गर्दै असहमति भए पनि सभ्य भाषामा संवाद र समाधान खोज्ने संस्कार विकास गर्नुपर्ने बताए।

‘जिउँदो मानिसले प्रशंसा पनि पाउँछ, गाली पनि खान्छ। चित्त दुख्छ पनि, खुसी पनि हुन्छ। यही नै जीवनको यथार्थ हो। तर पाठशालाले हामीलाई गाली गर्न होइन विचार राख्न, तर्क गर्न, असहमति सभ्य रूपमा व्यक्त गर्न र समाधान खोज्न सिकाएको हो। विचारको प्रतिस्पर्धा स्वस्थ हुन्छ, तर गालीले न सभ्य व्यक्ति बनाउँछ न संस्था। लोकतन्त्रको सुन्दरता फरक मत राख्ने अधिकार र त्यसको सुरक्षामा हुन्छ,’ उनले फेसबुकमा लेखेका छन्।

विशेष महाधिवेशनको उद्घाटन सत्रमा गगन थापा, विश्वप्रकाश शर्माको साथमा रहेका भण्डारी अन्ततः शेरबहादुर देउवा पक्षमा उभिएका छन्।

प्रकाशित: १ माघ २०८२ १२:११ | Thursday, January 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast