रसुवा भन्सार कार्यालयद्वारा सीजी मोटर्स सम्मानित

हिमाल प्रेस १२ माघ २०८२ २१:२७ | Monday, January 26, 2026
2
SHARE
रसुवा भन्सार कार्यालयद्वारा सीजी मोटर्स सम्मानित

काठमाडौँ- ७४ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा रसुवा भन्सार कार्यालय टिमुरेले सीजी मोटर्स प्रालिलाई सम्मानित गरेको छ।

भन्सार नियम तथा कानुनको पूर्ण पालना गर्दै नियमित रुपमा राजस्व संकलनमा योगदान पु¥याएको भन्दै कम्पनीलाई कदरपत्रसहित सम्मानित गरिएको हो।

विश्व भन्सार संगठनद्वारा यस वर्षका लागि निर्धारित नारा ‘सतर्कता र प्रतिबद्धतामार्फत समाजको संरक्षण गर्ने भन्सार’ लाई आत्मसात गर्दै आयोजित कार्यक्रममा विभिन्न सरकारी अधिकारी, भन्सार कर्मचारी तथा व्यवसायीहरूको उपस्थिति रहेको थियो।

सम्मान ग्रहण गर्दै सीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले रसुवा नाकासँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए। आगामी दिनमा पनि सरकारी नियम कानुनको पूर्ण पालना गर्दै पारदर्शी र जिम्मेवार व्यवसाय सञ्चालन गर्ने उनले प्रतिबद्धता जनाए।

प्रकाशित: १२ माघ २०८२ २१:२७ | Monday, January 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast