दुई फर्मलाई नगद जरिवाना

हिमाल प्रेस २३ पुष २०८२ ७:५६
4
SHARES
दुई फर्मलाई नगद जरिवाना

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ । विभागले स्थलगत निरीक्षणका क्रममा कैफियत भेटिएपछि मञ्जुश्री प्लास्टिक इण्डस्ट्रिज चाँगुनारायण २ भक्तपुरलाई रु दुई लाख बराबरको जरिवाना गरेको छ ।

यस्तै, श्री पोलिथिन एण्ड प्लास्टिक उद्योग प्रालि काठमाडौँलाई रु ५० हजार जरिवाना गरेको छ । विभागका अनुसार ती उद्योगलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ २ क, दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ १ ख बमोजिम कारबाही गरिएको हो ।

विभागले काठमाडौँ र भक्तपुरका विभिन्न १७ वटा उद्योग र फर्ममा अनुगमन निरीक्षण गरेको थियो । त्यसमध्ये १५ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको थियो । स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी समेतको सहभागितामा विभागले निरन्तर रूपमा अनुगमन तथा निरीक्षण गरिरहेको छ ।

प्रकाशित: २३ पुष २०८२ ७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast