शंखरापुरमा बस दुर्घटना : चार जनाको मृत्यु, २७ घाइते

हिमाल प्रेस २३ पुष २०८२ २१:०७
26
SHARES
शंखरापुरमा बस दुर्घटना : चार जनाको मृत्यु, २७ घाइते तस्बिरः राण मल्लको फेसबुकबाट।

काठमाडौँ- काठमाडौँको शंखरापुर नगरपालिका–३, लप्सीफेदीमा बुधबार भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन जना महिला र एक जना पुरुष रहेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

मृत्यु हुनेहरूको पहिचान खुलेको छैन। दुर्घटनामा पुरुष ११, महिला १६ गरी २७ जना घाइते भएका छन्। उनीहरूको विभिन्न आठ वटा अस्पतालमा उपचार भइरहेको छ। शंखरापुर अस्पतालमा उपचार गराइरहेकी एक जना महिलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

आज (बुधबार) साँझ ५ बजे जर्सिंहपौवा देखि साँखु आउँदै गरेको बा ४ ख ८७८८ नम्बरको महानगर यातायात बस दुर्घटना भएको हो। बसमा सवार यात्रुहरू पिकनिक खाएर फर्कँदै थिए। प्रहरीका अनुसार बस सडकबाट ३०-४० मिटर तल खसेको छ। दुर्घटनाको कारण नखुलेको प्रहरीको भनाइ छ।

प्रकाशित: २३ पुष २०८२ २१:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast