एनभीए भलिबलमा आज दुवैतर्फको उपाधि भिडन्त

हिमाल प्रेस १९ पुष २०८२ ९:५४
8
SHARES
एनभीए भलिबलमा आज दुवैतर्फको उपाधि भिडन्त

काठमाडौँ- काठमाडौँमा जारी नवौँ एनभीए महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिपअन्तर्गत शनिबार उपाधि खेल हुँदैछन्। महिलातर्फको उपाधिका न्यु डायमन्ड स्पोर्टस क्लब र पुलिसबीच भिडन्त हुने भएको छ ।

उपाधि खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा दिउँसो साढे १ बजे शुरु हुनेछ। शुक्रबार भएको खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई हराउँदै न्यु डायमन्डले फाइनलमा स्थान पक्का गरेको थियो।

यस्तै आर्मीलाई पराजित गर्दै अर्को विभागिय टोली पुलिसले फाइनलमा स्थान बनाएको थियो । यस्तै आजै हुने पुरुषतर्फको उपाधि खेलमा हेल्प नेपाल र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । पुरुषतर्फको उपाधि खेल दिउँसो साढे ३ बजे राखेप कभर्ड हलमै हुनेछ।

शुक्रबार भएको खेलमा रुकुम पश्चिमलाई पराजित गर्दै आर्मीले फाइनलमा स्थान सुरक्षित गरेको हो । हिजै भएको अर्को खेलमा नेपाल पुलिस क्लबलाई हराउँदै हेल्प नेपालले फाइनलमा आर्मीसंग भेट गरेको हो।

प्रकाशित: १९ पुष २०८२ ९:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast