बालेन सार्वजनिक बहसमा सहभागी नहुने

हिमाल प्रेस ११ माघ २०८२ ९:२५ | Sunday, January 25, 2026
38
SHARES
बालेन सार्वजनिक बहसमा सहभागी नहुने बालेन शाह

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले पब्लिक डिवेडमा सहभागी नहुने बताएका छन् छन्। उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पब्लिक डिभेट गर्न आह्वान गरेसँगै आफू एउटै मन्चमा उभिन नसक्ने बताएका छन्। ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।’ बालेनले भनेका छन्।

यसअघि ओलीले जेल जलाउने भन्दै बिम्बात्मक तरिकाले बालेनप्रति व्यंग्य गरेका थिए। ओलीले सामाजिक सन्जालमै यसबेला सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच एउटा पारदर्शी बहसको माग भइरहेको बताएका थिए। तर ओलीको सामाजिक सन्जालमा प्रतिक्रिया स्वरूप बालेनले ‘तपाईंहरूले आफैं २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गत्ते जलाएको हो!’ भनेका छन्।

त्यसपछि ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिने छ’ समेत बालेनले भनेका छन्। भदौ २३ को जेनजी आन्दोलनलाई लिएर नेताहरूबीच छेडखानी भइरहेको छ। ओलीले सिंहदरबारसहितका संरचना जलाउनमा बालेनको हात रहेको आरोप लगाउँदै आएका छन् भने बालेनले भदौ २३ मा गोली हानिएका बालक ओलीले नैतिक जिम्मेवारी लिनुपर्ने बताएका छन्। ओली र बालेन आगामी फागुन २१ मा हुने निर्वाचनमा एकै क्षेत्र अर्थात झापा ५ मा भिड्दैछन्। यही कारण सोही क्षेत्रको चर्चा बढेको छ।

प्रकाशित: ११ माघ २०८२ ९:२५ | Sunday, January 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast