ओलीको क्षेत्र झापा ५ बाटै चुनाव लड्ने तयारीमा बालेन

हिमाल प्रेस २८ पुष २०८२ ६:५३ | Monday, January 12, 2026
12
SHARES
ओलीको क्षेत्र झापा ५ बाटै चुनाव लड्ने तयारीमा बालेन

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको मेयर बालेन्द्र शाहले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापाबाट चुनाव लड्ने तयारी गरेका छन्।

उनी निकट नेताहरूका अनुसार उनले झापा क्षेत्र नम्बर ५ बाट लड्ने तयारी गरेका हुन्। निकट स्रोतले जनाए अनुसार उनी अब तत्काल झापामै पुगेर मत माग्नेदेखि अन्य काम पनि गर्ने छन्। ‘हो, उहाँले झापाबाटै चुनाव लड्ने तयारी गर्नुभएको छ। केहीदिनमै फिल्डमा देखिनुहुनेछ।’

रास्वपा झापाका कार्यवाहक सभापति प्रकाश पाठकले भने। झापा ५ एमाले अध्यक्ष केपी शर्मा ओलीले जितेको क्षेत्र हो। बालेन पनि ओलीसँगै भिडेर नतिजा आफ्नो तर्फ पार्न खोजिरहेका छन्। आइतबार राति बालेनले आफ्नो फेसबुकमा ‘शुभकामना सबैलाई, हामी आउँदै छौं’ भनेर सांकेतिक स्टाटस लेखेका छन्।

उनी निकटहरू झापा ५ का जनतालाई सांकेतिकरूपमा बालेनले सम्बोधन गरेको बताउँछन्। केही समयअघि मात्रै रास्वपासँग एकता गरेका बालेन पार्टीकोतर्फबाट प्रधानमन्त्रीका उम्मेदवार समेत बन्ने सहमति छ।

प्रकाशित: २८ पुष २०८२ ६:५३ | Monday, January 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast