काठमाडौँमा ‘अस्ट्रेलियन एजुकेसन फेयर’ आयोजना हुँदै

हिमाल प्रेस ८ माघ २०८२ १९:५१
16
SHARES
काठमाडौँमा ‘अस्ट्रेलियन एजुकेसन फेयर’ आयोजना हुँदै

काठमाडौँ- अस्ट्रेलियामा उच्च शिक्षा हासिल गर्ने विद्यार्थीलाई मध्यनजर गरी काठमाडौँमा ‘अस्ट्रेलियन एजुकेसन फेयर २०२६’ आयोजना हुने भएको छ।

ग्लोबल एजुकेसन सर्भिसेस प्रालिको आयोजनामा ‘अस्ट्रेलियन एजुकेसन फेयर २०२६’ हुन लागेको हो।

एजुकेसन फेयर शुक्रबार लाजिम्पाटस्थित होटल र्याडिसनमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

विद्यार्थी र अभिभावकलाई अस्ट्रेलियाको शिक्षा प्रणाली, भिसा प्रक्रिया, काम गर्ने अवसर तथा छात्रवृत्तिबारे प्रत्यक्ष तथा यथार्थपरक जानकारी दिने उद्देश्यले शैक्षिक मेला आयोजना गर्न लागिएको ग्लोबल एजुकेसन सर्भिसेसले जनाएको छ।

मेलामा सहभागी हुने विद्यार्थीले तीन हजारभन्दा बढी शैक्षिक कार्यक्रमसम्बन्धी जानकारी पाउनुका साथै आफ्नो शैक्षिक योग्यता र क्षमताअनुसार १० प्रतिशतदेखि शतप्रतिशतसम्मको छात्रवृत्तिका अवसरबारे परामर्श लिनसक्नेछन्।

विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गरी आफ्नो भविष्यको अध्ययन योजना स्पष्ट पार्ने अवसर पनि मेलाको मुख्य आकर्षण रहने आयोजकले जनाएको छ। आयोजकका अनुसार मेलामा सहभागी हुन निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

विगत १७ वर्षदेखि नेपालमा विद्यार्थीहरूलाई सही मार्गदर्शन, करिअर काउन्सिलिङ र अन्तर्राष्ट्रिय शिक्षा परामर्श प्रदान गर्दै आएको दाबी गर्दै संस्थाले यो मेला नेपाली विद्यार्थीका लागि विदेश अध्ययनको ढोका खोल्ने महत्वपूर्ण प्लेटफर्म बन्ने विश्वास व्यक्त गरेको छ।

प्रकाशित: ८ माघ २०८२ १९:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast