गोलीकाण्डमा सशस्त्रका हवल्दार पक्राउ, बीओपीका सबै कर्मचारी फिर्ता

हिमाल प्रेस १८ पुष २०८२ १६:५६
गोलीकाण्डमा सशस्त्रका हवल्दार पक्राउ, बीओपीका सबै कर्मचारी फिर्ता

इटहरी- सुनसरीमा सफारी चालकलाई गोली हानी मृत्यु भएको घटनामा संलग्न सशस्त्र प्रहरी बल (एपीएफ)का एक हवल्दार पक्राउ परेका छन्। घटनाको छानबिनका लागि बिहीबार नै समिति गठन भएपछि हवल्दारलाई नियन्त्रणमा लिइएको हो।

भारतीय बजारबाट सामान लिएर नेपालतर्फ आउँदै गरेका सफारी चालक ४५ वर्षीय विजय साहमाथि सशस्त्र प्रहरीले गोली चलाएको थियो। गोली लागेपछि साहको घटनास्थलमै मृत्यु भएको थियो।

गोली प्रहार गर्ने हवल्दारलाई बिहीबार नै नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको सुनसरी प्रहरी प्रवक्ता समेत रहेका डीएसपी चन्द्र खड्काले जानकारी दिए।

घटनापछि लौकहीस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी)मा कार्यरत सबै कर्मचारीलाई फिर्ता बोलाइएको छ।

प्रकाशित: १८ पुष २०८२ १६:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast