सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त

हिमाल प्रेस २२ पुष २०८२ १५:०५
20
SHARES
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त

काठमाडौँ- सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.सुनिलकुमार जोशी नियुक्त भएका छन्। प्रा.डा.खेमराज जोशीलाई विश्वविद्यालयको रजिष्ट्रारको रूपमा नियुक्त गरिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको अध्यक्षतामा मंगलबार मन्त्रालयमा बसेको विश्वविद्यालयको सिनेट बैठकले उनीहरूलाई नियुक्त गर्ने निर्णय गरेको हो।

उपकुलपतिका लागि प्रारम्भिक रूपमा दुई जनाको नाम सिफारिस गरिएको थियो। विश्वविद्यालय ऐन पारित भएपछिको नियुक्ति प्रक्रियाअनुसार शिक्षा मन्त्रालयले प्रा.डा.जयराज अवस्थीको संयोजकत्वमा प्रा.डा.दीपक महरा र प्रा.डा.भारती जोशीलाई समावेश गरी तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो।

समितिले कात्तिक १५ गते उपकुलपतिका लागि आवेदन खुलाएको थियो। दुई पटक आवेदन नआएपछि तेस्रो पटक मंसिर २३ गते पाँच दिनको म्याद राख्दै आवेदन आह्वान गरिएको थियो। यसअघि, कात्तिक १६ र कात्तिक ३० मा पहिलो र दोस्रो पटक आवेदन आह्वान गरिएका थिए।

यस पटक उपकुलपतिका लागि दुई जनाले मात्र आवेदन दिएका थिए। रजिष्ट्रार पदका लागि भने १० जनाको आवेदन परेको थियो। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन संघीय संसदबाट पारित भई ४ असार २०८२ मा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण गरिएको थियो।

ऐन प्रमाणीकरण पश्चात उपकुलपति, रजिष्ट्रार र अन्य पदाधिकारीहरूको नियुक्ति प्रक्रिया थालिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast