एन्फा राष्ट्रिय लिग : मच्छिन्द्रको लगातार चौथो जित

हिमाल प्रेस १४ माघ २०८२ १८:०४ | Wednesday, January 28, 2026
14
SHARES
एन्फा राष्ट्रिय लिग : मच्छिन्द्रको लगातार चौथो जित

काठमाडौँ- काठमाडौँमा जारी एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्र फुटबल क्लबले लगातार चौथो जित निकालेको छ।

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चित्लाङ फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले लगातार जित निकालेको हो।

मच्छिन्द्रको जितमा प्रदीप बुढाथोकीले खेलको ३० औं मिनेटमा, जोनाथन जोरिल्लाले ६५ औं मिनेटमा र अलिजोन अलिजोनोभले खेलको ६९ औं मिनेटमा गोल गरेका थिए। चित्लाङका तर्फबाट एकमात्र गोल विज्ञान खड्काले खेलको ७० औं मिनेटमा गरेका थिए।

त्यसअघि बुधबार नै भएको पहिलो खेलमा जावलाखेल युथ क्लबलाई पराजित गर्दै एपीएफ क्लब शीर्षस्थानमा उक्लिन सफल भयो।

एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले जावलाखेललाई २–१ गोल अन्तरले पराजित गरेको हो। एपीएफको जितमा समीरराज थोकरले २ गोल गरे भने जावलाखेलका धर्बेन्द्र कुँवरले एक गोल फर्काएका थिए। एन्फाको आयोजनामा जारी लिगमा १७ टिमको सहभागिता छ।

प्रकाशित: १४ माघ २०८२ १८:०४ | Wednesday, January 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast