अमरेश र रहबर रास्वपा प्रवेश

हिमाल प्रेस ५ माघ २०८२ १६:३३ | Monday, January 19, 2026
14
SHARES
अमरेश र रहबर रास्वपा प्रवेश

काठमाडौँ- विघटित प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। सोमबार जनकपुरधामको तिरहुतिया गाछीमा आयोजित ‘उद्घोषसभा’ मा सिंह रास्वपा प्रवेश गरेका हुन्।

त्यस्तै कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी छाडेका रहबर अन्सारी पनि रास्वपा प्रवेश गरेका छन्। माओवादी केन्द्रबाट मधेश प्रदेशसभा सदस्यमा निर्वाचित अन्सारीले गत पुस २४ गते पार्टीबाट राजीनामा दिएका थिए।

प्रतिनिधिसभा सदस्य लड्नेत तयारीमा रहेका अन्सारीले प्रदेशसभा सदस्यबाट समेत राजीनामा दिएका छन्।

रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साह (बालेन) लगायतका नेताहरूले सिंह र अन्सारीलाई पार्टीमा स्वागत गरेका छन्।

प्रकाशित: ५ माघ २०८२ १६:३३ | Monday, January 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast