सहिद परिवारसँग भएको सहमति कार्यान्वयन हुन्छ : प्रधानमन्त्री कार्की

हिमाल प्रेस २ माघ २०८२ १९:१८ | Friday, January 16, 2026
10
SHARES
सहिद परिवारसँग भएको सहमति कार्यान्वयन हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका सहिद परिवारसँग भएको सहमति पूर्णरूपमा कार्यान्वयन हुने स्पष्ट पारेकी छन्।

शुक्रबार सिंहदरबारमा जेनजी आन्दोलनका सहिद परिवारसँगको भेटका क्रममा प्रधानमन्त्री कार्कीले यसअघि भएको सहमति कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेकाले कुनै आशंका नगर्न आग्रह समेत गरिन्।

त्यस्तै उनले सहिद परिवारसँगको भेटमा सहभागी भएका सरकारका मन्त्री र मातहतका निकायलाई सहिद परिवारसँग भएको सहमतिअनुसार बाँकी कार्य पूरा गर्न निर्देशनसमेत दिएकी थिइन्।

प्रधानमन्त्री कार्कीले वर्तमान सरकार जेनजी आन्दोलनको म्याण्डेड अनुसार निर्माण भएकाले उनीहरूका विषयलाई सरकारले सदैव प्राथमिकतामा राख्ने बताएकी थिइन्।

प्रकाशित: २ माघ २०८२ १९:१८ | Friday, January 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast