कुलमानले रास्वपा छाडेपछि बालेन र रविको नाम लिएर महेश बस्नेतले लेखे कविता

हिमाल प्रेस २७ पुष २०८२ ८:०१
16
SHARES
कुलमानले रास्वपा छाडेपछि बालेन र रविको नाम लिएर महेश बस्नेतले लेखे कविता

काठमाडौँ- नेकपा एमालेका सचिव महेश बस्नेतले कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेको विषयमा टिप्पणी गरेका छन्। उनले रास्वपा सभापति रवि लामिछानेलाई जालोको रूप दिँदै चरा निस्किन सकेपछि पुतली नसक्ने ठोकुरा गरेको छन्।

रवि लामिछानेको भरोसामा पर्दा घिसिङले मन्त्री पद र समानुपातिक उम्मेदवार बन्ने मौका दुवै गुमाएको उनले उल्लेख गरेका हुन्। बस्नेतले रवि लामिछानेको राजनीतिलाई ‘माकुराको जालो’ सँग तुलना गर्दै त्यसमा परेपछि उम्किन नसकिने बताएका छन्।

उनले नेकपा एमाले र नेपाली कांग्रेसजस्ता पुराना दलहरूलाई चराको संज्ञा दिँदै उनीहरूले यस्ता जालो तोड्न सक्ने तागत राख्ने तर कुलमान घिसिङ र बालेन शाह जस्ता पात्रहरू पुतली जस्तै भएको टिप्पणी गरेका छन्। अन्तर्राष्ट्रिय शक्तिले बुनेको रविको जालोमा परेर कुलमान अन्धकारतिर धकेलिएको उनको तर्क छ।

‘अस्थायी मन्त्रीको पद केही महिनाका लागि आयो, तर त्यसको मूल्यमा राजनीतिक भविष्य नै समाप्त भयो,’ बस्नेतले लेखेका छन्। उनले कुलमानको हालत देखेपछि अब काठमाडौँका मेयर बालेन शाहको पालो आएको भन्दै चेतावनी दिएका छन्। बालेन पनि रविको जालोमा पर्ने दिन धेरै टाढा नरहेको बस्नेतको ठोकुवा छ।

पार्टी एकताको नाममा रवि लामिछानेले कुलमानलाई प्रयोग गरेर बिचल्लीमा पारेको र समानुपातिक उम्मेदवार दर्ता गर्ने समय समेत घर्किएको बस्नेतले जिकिर गरेका छन्। सामाजिक सञ्जालमा चर्चित यी पात्रहरू अन्ततः राजनीतिक रूपमा सफल हुन नसक्ने संकेत गर्दै उनले स्थापित दलहरूको शक्ति नै नेपालको वास्तविक तागत भएको दाबी गरेका छन्।

https://www.facebook.com/MaMaheshBasnet/posts/1442882377201313?ref=embed_post

https://www.facebook.com/MaMaheshBasnet/posts/1442882377201313?ref=embed_post

 

प्रकाशित: २७ पुष २०८२ ८:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast