देउवापछि लिङ्देनले भेटे ओली

हिमाल प्रेस २४ पुष २०८२ ६:४१
18
SHARES
देउवापछि लिङ्देनले भेटे ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबिच भेटवार्ता भएको छ ।

बुधबार ओली निवास गुण्डुमा उनीहरूबिच भेटवार्ता भएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए।

पृथ्वी जयन्तीको अवसरमा राप्रपाद्वारा आयोजित चियापानको अध्यक्ष ओलीलाई निम्तो दिने सन्दर्भ भए पनि दुई पार्टीका अध्यक्षबिच समसामयिक राजनीतिक परिस्थितिको गहिरो विश्लेषण र लामो संवाद भएको बुझिएको छ । यसअघि लिङ्देनले कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि भेटेका थिए।

प्रकाशित: २४ पुष २०८२ ६:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast