गृह मन्त्रालयको अधिकृत भन्दै नक्कली परिचयपत्र बोकेर अध्यागमन पुगेपछि…

हिमाल प्रेस ९ माघ २०८२ २०:४३
14
SHARES
गृह मन्त्रालयको अधिकृत भन्दै नक्कली परिचयपत्र बोकेर अध्यागमन पुगेपछि…

काठमाडौँ- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र देखाएर अन्य व्यक्तिको व्यक्तिगत तथ्यांक लिन खोज्ने व्यक्तिलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको छ।

विभागका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालले उक्त व्यक्तिलाई जिल्ला प्रहरी परिसर, भद्रकालीमा बुझाएको जानकारी दिए। नक्कली परिचयपत्र देखाउने व्यक्ति तनहुँका कृष जिसी हुन्।

निजामती पोसाकमै आज (शुक्रबार) विभाग पुगेका उनले  परिचयका क्रममा आफू ब्याट-३७ को शाखा अधिकृत भएको र विगत चार महिनादेखि गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखामा कार्यरत भएको बताएका थिए।

प्रवक्ता ढकालका अनुसार विगत सात महिनादेखि गृह मन्त्रालयको अधिकृतको नक्कली परिचयपत्र देखाइ काठमाडौँको एउटा प्रतिष्ठित होटलसँग सम्पर्क बढाएका थिए। एक महिलाले होटल व्यवसायीलाई ठगी गरेर फरार भएकाले होटलका बाउन्सरले तिनै नक्कली अधिकृत जिसीसँग पैसा असूली गरिदिन सहयोग मागेका थिए।

जीसी उक्त होटलका बाउन्सरलाई लिएर अध्यागमन विभागमा आएको ढकालले बताए। उनका अनुसार जीसीले यसरी ठगी गर्ने महिलाको वैदेशिक भ्रमण रोक्का गरी अध्यागमनको कालोसूचीमा राखिदिन प्रलोभन देखाएका थिए। जीसीले उक्त महिलाको नाम देखाएर उनको राहदानी र नागरिकताको प्रतिलिपि मागसमेत गरेका थिए।

जिसीले यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको शाखा अधिकृतको परिचयपत्रसमेत लिएको खुलेको छ। अध्यागमन विभागको इन्टेलिजेन्स र प्रशासन शाखामा सम्पर्क गर्दा जीसीको परिचयपत्रमा कर्मचारी संकेत नं अस्वाभाविक देखिएको थियो। उनीसँग आएका होटलका बाउन्सरलाई भने अध्यागमन विभागले सामान्य सोधपुछ गरेर छाडेको प्रवक्ता ढकालले बताए। रासस

प्रकाशित: ९ माघ २०८२ २०:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast