खुला विश्वविद्यालय पूर्ण क्षमतामा सञ्चालन गर्न प्रशासन नियमावली संशोधन गरिने

हिमाल प्रेस १८ पुष २०८२ ९:४१ | Friday, January 2, 2026
10
SHARES
खुला विश्वविद्यालय पूर्ण क्षमतामा सञ्चालन गर्न प्रशासन नियमावली संशोधन गरिने

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपाल खुला विश्वविद्यालयलाई पूर्ण क्षमतामा सञ्चालन गर्न विश्वविद्यालय प्रशासनसम्बन्धी नियमावली संशोधन गरिने बताएका छन्।

नेपाल खुला विश्वविद्यालयलाई अझ प्रभावकारी बनाउँदै नियमित रूपमा कलेजमा उपस्थित हुन नसक्ने विद्यार्थीहरूलाई काम गर्दै पनि अध्ययन गर्न सहज वातावरण सिर्जना गर्ने उद्देश्यले प्रा.डा. केशरजंग बरालको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको प्रतिवेदन शुक्रबार मन्त्री पुनलाई हस्तान्तरण गरिएको हो।

मन्त्री पुनका अनुसार कार्यदलले गहन अध्ययनपछि तयार पारेको प्रतिवेदन कार्यान्वयनमा लैजाने तयारी भइरहेको छ। ‘प्रतिवेदनका सुझावअनुसार अब नेपाल खुला विश्वविद्यालय द्रुतगतिमा अगाडि बढ्नेछ,’ उनले भने।

उनले खुला विश्वविद्यालयमार्फत गाउँगाउँ, शहरबजार तथा विदेशमा कार्यरत जोकोहीले पनि टाढैबाट अध्ययन गर्न सक्ने अवसर सुनिश्चित गरिने बताए। यसले शिक्षा पहुँचबाट वञ्चित भएका वर्ग, श्रमिक तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई विशेष लाभ पुग्ने मन्त्री पुनको भनाइ छ।

प्रकाशित: १८ पुष २०८२ ९:४१ | Friday, January 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast