प्रहरी प्रमाणपत्रमा केरमेट र थपघट गरे हुन्छ कारबाही

हिमाल प्रेस १६ माघ २०८२ ६:१३ | Friday, January 30, 2026
18
SHARES
प्रहरी प्रमाणपत्रमा केरमेट र थपघट गरे हुन्छ कारबाही गृह मन्त्रालय

काठमाडौँ- गृह मन्त्रालयले नेपाल प्रहरी चारित्रिक प्रमाणपत्रमा केरमेट र थपघट गरेमा कारबाही हुने स्पष्ट पारेको छ।

मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै अपराधसम्बन्धी राष्ट्रिय अभिलेख व्यवस्थापन तथा प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका, २०८० को प्रतिकूल हुने गरी प्रमाणपत्र उपलब्ध गराएको पाइएमा कारबाही हुने जनाएको हो।

कानुन विपरीत काम कारबाही गरे/गराएमा त्यस्ता कामको विवरण नेपाल प्रहरीद्वारा जारी हुने चारित्रिक प्रमाणपत्रमा समेत उल्लेख हुने भएकाले वैदेशिक अध्ययन, भ्रमण तथा रोजगारीलगायतका कार्यमा जाँदा यसको प्रत्यक्ष प्रभाव पर्ने मन्त्रालयले जनाएको छ।

त्यस्ता कसूरजन्य कार्यमा संलग्न नहुन, मौजुदा कानुनी व्यवस्था, विधि र प्रक्रियाबमोजिम मात्र काम कारबाही गर्न, गराउन र सोबमोजिम नभएमा भविष्यमा यसको कारणबाट सम्बन्धित व्यक्तिलाई नै प्रतिकूल प्रभाव पर्नसक्ने मन्त्रालयले स्पष्ट पारेको छ।

प्रकाशित: १६ माघ २०८२ ६:१३ | Friday, January 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast