पार्टी मुख्यालयमा कार्यवाहक सभापति खड्काको ब्रिफिङ- पार्टी फुटतर्फ गएको स्पष्ट देखियो

हिमाल प्रेस ३० पुष २०८२ १२:४९ | Wednesday, January 14, 2026
36
SHARES
पार्टी मुख्यालयमा कार्यवाहक सभापति खड्काको ब्रिफिङ- पार्टी फुटतर्फ गएको स्पष्ट देखियो फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनतर्फ अघि बढिसकेको संकेत दिएका छन्।

केन्द्रीय कार्यसमिति बैठकका लागि पार्टी मुख्यालय सानेपा पुगेका खड्काले त्यहाँ भेला भएका नेताकार्यकर्तालाई पछिल्लो वार्ताको ब्रिफिङ गर्दै अब पार्टी जोगिन नसक्ने अवस्था आएको बताएका हुन्।

सभापतिले शेरबहादुर देउवाले सहमतिका लागि अधिकतम लचकता देखाउँदा पनि महामन्त्रीहरू सहमत नभएपछि परिस्थिति नियन्त्रणबाहिर गएको उनले बताए। ‘सभापति हस्ताक्षरसमेत छाड्न तयार हुनुहुन्थ्यो तर उम्मेदवारी मनोनयन प्रक्रिया नै अघि बढाइयो,’ पार्टी मुख्यालयमा सञ्चारकर्मीसँग खड्काले भने,‘त्यसपछि पार्टी फुटतर्फ गएको स्पष्ट देखियो।’

खड्काले अब केन्द्रीय कार्यसमिति बैठक हिजोजस्तै रोकिने अवस्था नरहेको भन्दै आवश्यक राजनीतिक तथा संगठनात्मक कदम चालिने बताए। ‘अब निर्णयको जिम्मा केन्द्रीय समितिकै काँधमा छ,’ उनको भनाइ थियो।

प्रकाशित: ३० पुष २०८२ १२:४९ | Wednesday, January 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast