काठमाडौँ- बालगायिका आँचल बसेलको स्वरमा ‘घाम’ बोलको गीत सार्वजनिक भएको छ। गीत गायिका आँचलकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भुगोल आर दाहालको शब्द रहेको गीतमा उनले नै संगीत भरेका छन्। भने राजेन्द्र वाइबाको संगीत संयोजन छ। गीतमा घाम अथवा सूर्यको बयान गरिएको छ। सूर्य उदाएसँगै सबैकाे दिनचर्या सुरु हुने भन्दै बालबालिका रमाउने प्रसँग गीतमा उल्लेख छ।
घामले धर्तीलाई उज्यालो छरेर संसारभर रौनक ल्याएजस्तै गरी आफ्नो नाम फैलाउने बालबालिकाको चाहनालाई पनि व्यक्त गरिएको छ। साथै गीतमा घाम अस्ताएपछि उसले चन्द्रमालाई न्यानोपन दिने र आफू ग्रहहरू माझमा बस्ने कुरा पनि शब्दमार्फत बताइएको छ।
गीतको भिडियो देविका गौतमले कोरियोग्राफी गरेकी छन्। भिडियोमा सिलुछो कुलुङ, ग्रिष्मा तिमल्सिना र कृष्मा कार्कीले अभिनय गरेकी छन्।
गायिका आँचल भ्वाइस अफ किड्सको सिजन ३ मा सेमिफाइनलसम्म पुगेकी थिइन्। उनी डा. केएन स्वामीसँगको सान्निध्यमा रहेर संस्कृतका विभिन्न विधा अध्ययन गरिरहेकी छन्।
यस्तो छ गीत



