अमेरिकाबाट डिपोर्ट भए ९० नेपाली

हिमाल प्रेस ७ माघ २०८२ १९:४५ | Wednesday, January 21, 2026
36
SHARES
अमेरिकाबाट डिपोर्ट भए ९० नेपाली एआईको सहायतामा बनाइएको तस्बिर।

काठमाडौँ- अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ।

विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौँ आइपुगिसकेको जानकारी दिए। अमेरिकाले चाटर्ड विमानमार्फत उनीहरुलाई काठमाडौँ ल्याएर छाडेको हो।

विभागका महानिर्देशक तिवारीले यसरी अहिलेसम्म ४ सय भन्दाबढी नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेका बताए।

डिपोर्ट हुनेहरु कागजात नभेटिएका, गैरकानुनी बसेका, अध्यागमन कानुन उल्लंघन गरेकालगायत रहेको विभागले जनाएको छ। उनीहरूमाथि अहिले प्रहरीको मानव बेचबिखन ब्युरोले अनुसन्धान गरिरहेको र बेचबिखनमा परेको भए उजुरी दिन ब्युरोले अनुरोध गरेको छ।

आवश्यक अनुसन्धान पछि ब्युरोले परिवारको जिम्मा लगाउने जनाएको छ।

प्रकाशित: ७ माघ २०८२ १९:४५ | Wednesday, January 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast