काठमाडौँ- काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम स्थिर बसेको छ। अर्थात् आज (मंगलबार) पनि उपत्यकाको न्यूनतम तापक्रम हिजो (सोमबार) को जत्ति नै छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस नै छ। आज सुरुवाती मापन (बिहान ५:४५ बजे) मा ४.० डिग्री सेल्सियस देखिएको उपत्यकाको न्यूनतम तापक्रम आधिकारिक मापन बिहान ८:४५ बजे ३.५ डिग्री सेल्सियस कायम भएको हो।
हिजो पनि उपत्यकाको न्यूनतम तापक्रम यत्ति नै थियो। सोमबार उपत्यकाको अधिकतम तापक्रम भने १८.६ डिग्री सेल्सियस थियो। आजको अधिकतम तापक्रम भने साँझ ५:४५ बजे मापन हुन्छ।
प्रकाशित: १३ माघ २०८२ १०:५३ | Tuesday, January 27, 2026
प्रतिक्रिया





