गोदावरीमा ७२ घण्टे अन्डरग्राउन्ड म्युजिकल पार्टी, लागुऔषधसहित समातिए ९ जना

हिमाल प्रेस १८ पुष २०८२ १६:३६
22
SHARES
गोदावरीमा ७२ घण्टे अन्डरग्राउन्ड म्युजिकल पार्टी, लागुऔषधसहित समातिए ९ जना तस्बिरः एआईको सहायतामा बनाइएको।

काठमाडौँ- ललितपुरको गोदावरी नगरपालिकास्थित एक रिसोर्टमा सञ्चालन गरिएको ७२ घण्टा लामो अन्डरग्राउन्ड म्युजिकल पार्टीबाट लागुऔषधसहित ६ विदेशी र तीन नेपाली नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारत केरला कोचीका २१ वर्षीय केभिन जोसेफ, कोचीकै २८ वर्षीय सादिक, २३ वर्षीय अश्विन अन्टु, २८ वर्षीय वैष्णव के शाजु, हैदरावादका २६ वर्षीय अभिराज कुथाडी, ग्रिस एथेन्सका २१ वर्षीय डिमित्रिओस कट्टुस छन्।

यस्तै चितवन राप्ती नगरपालिका-३, भण्डाराका ३० वर्षीय पुष्पराज परियार, मोरङ विराटनगर-१३, राजवंशी टोलका २५ वर्षीय मनसुन न्यौपाने र काठमाडौँ महानगरपालिका-२ नक्सालका ४० वर्षीय आदित्य अर्याल पनि पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र स्थानीय प्रहरीको संयुक्त टोलीले दुई दिन अघि (पुस १६) गोदावरी-२, बिशंखुनारायणस्थित रिसोर्टमा आयोजना गरिएको ‘महामाया मन्त्र इभेन्ट’ नाममा गरिएको कार्यक्रममा छापा मारी उनीहरूलाई पक्राउ गरेको हो।

दक्षिण एसियाका विभिन्न देशहरूमा आयोजना हुने अन्डरग्राउन्ड म्युजिकल पार्टीहरूको गतिविधि विश्लेषण गर्दै अनुसन्धान थालेको प्रहरीले सो कार्यक्रममा लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा छापा मारेको थियो।

सो क्रममा प्रहरीले गाँजा २२.२४० ग्राम, चरेस ६१ ग्राम, एलएसडी ६ पिस, म्याजिक मसरुम ४ ग्राम र एमडीएममए १ पिस बरामद गरेको छ। प्रहरीका अनुसार पक्राउ परेका सबैमाथि लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको छ।

प्रकाशित: १८ पुष २०८२ १६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast